NRM 426.1 -4.9 EHPL 840 7.9 NLIC 814 -13.4 NIBLSTF 8.68 0 PBD85 1079.9 19.9 HRL 861 -4 SGIC 641.2 -4.8 MHNL 265.5 -0.5 SAPDBL 569.6 -7.4 HEI 648 -10 SAGF 9.31 0.01 SCB 691.1 3.6 LBBL 475 -4.8 LICN 1995.9 -27.1 SRBLD83 1065 -10 EBLD86 1040 -2 GHL 218.5 -1.1 SIFC 628 10 SBID83 1098 8.7 GBIME 256.1 -4.4 ANLB 4453.1 47 SPHL 666.9 16.9 CHL 353 0.4 KSBBL 448 -3 CFCL 647 27.1 GBILD86/87 1030 4 AHL 651 2 NICAD8283 1169.8 86.8 SIGS2 10.05 0 GLBSL 1600.4 -29.6 SMB 1809 4 BHL 440 -13 BOKD86 1040 18 SBCF 9 -0.2 SFEF 9.29 0.22 SPC 520 5 NLO 242.1 0 GUFL 735 5 SWBBL 1065 2.1 SMH 1064.8 5.9
×
आज प्रजातन्त्र दिवस , सेयर बजार खुल्छ कि खुल्दैन ?



आज सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक विदा दिएको छ।

सरकारले विदा दिएको कारण आज सेयर बजार पनि बन्द रहने नेप्सेले जनाएको छ। त्यस्तै यो बर्ष राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो।

‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ यही फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गत माघ २४ गते बसेको बैठकबाट पारित कार्यक्रम मुताविक विभिन्न कार्यक्रम गरी मनाउन अनुरोध छ’, सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ ।

प्रजातन्त्र दिवस मनाउन सबै प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गर्न पनि परिपत्र गरिएको छ । त्यस्तै सबै सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्था, कार्यालयमा राष्ट्रिय झण्डा फहराउने तथा फागुन ६, ७ र ८ गते साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

सार्वजनिक निकाय र स्थलहरुको सरसफाइ गरी सम्भाव्य स्थानमा राष्ट्रिय झण्डा राखी सजावटसहित सौन्दर्यीकरण अभिवृद्धि गर्न पनि मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस