माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को अनुमति पाएको छ । बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डले फागुन ३ गते अनुमति दिएको हो ।
अब कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल रहेको छ ।
कम्पनीले इलाममा ३ मेगाबाट क्षमताको सुपर माई क्यासकेड हाइड्रोपावर प्रोजेक्ज निर्माण गर्दैछ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted