OHL 925 -9 NIBLGF 9.1 0.38 CGH 909 -5 SHINE 473 -1.8 SCBD 1111 6 VLUCL 588 -1.9 GHL 218.5 -1.1 LSL 253.5 -5.5 HEI 648 -10 NIMBPO 176.9 -1.1 TVCL 461 1 NBL 292.2 1.2 MLBBL 1635 15 SNLI 585.1 -0.9 KBLD89 1156 1 CCBD88 1123.1 6.1 NHPC 220.1 0 SBL 345 -8.1 TRH 1118 -5 DORDI 429 -3.3 MKHC 339 -1 KKHC 260 -2 PMHPL 260 -4 KSBBL 448 -3 LLBS 1050 5 NBBD2085 1100 0 GMFBS 1512.1 -16.9 SGHC 393.6 0.1 NRN 905 -8 GUFL 735 5 HEIP 381.8 20.8 SMATA 875 -16 SLBBL 958.9 -4.2 NIL 912 8 MATRI 1405 -8 BEDC 470 0 MFIL 768 48 EHPL 840 7.9 NICL 990.2 -4.8 RURU 740 -9.8
×
शुभम पावरको आईपीओ बाँडफाँट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका।



शुभम पावर लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ ।

कम्पनीले माघ १८ देखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँट भएको हो । कम्पनीले पहिलो चरणमा योजना प्रभावित क्षेत्रका बासिन्दालाई निस्कासन गर्दा बिक्रि नभएको १ लाख ८० हजार ५ सय ८० कित्ता शेयर र सर्वसाधारणको लागि छुत्ताइएको ४ लाख कित्ता गरि ५ लाख ८० हजार ५ सय ८० कित्ता शेयर सर्वसाधारणको लागि छुत्ताइएको थियो।

जसको १० प्रतिसत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ। बाकि रहेको ४ लाख ८१ हजार ८२२ कित्ता शेयरका सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ४८ हजार १८८ जनाले मात्रै शेयर पाएका छन् । बाकि आवेदकको हात खालि रहेको छ।  केयर रेटिङ्ग नेपालले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ, यस आयोजनाको कूल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस