GMFBS 1512.1 -16.9 SHPC 525 -3.9 CZBIL 242 -10 LUK 9.21 -0.09 RADHI 397.9 7.9 PBD88 1102.1 2.1 BHPL 655.1 -12.7 NMBMF 695 -10 RHPL 364 -5.2 MANDU 885 -14 HDHPC 208.8 -4.1 NBF3 9.04 0.17 SMFBS 1505.2 6.2 SAPDBL 569.6 -7.4 ULBSL 3199 37 NICGF 10.56 -0.28 CHDC 1684 -35.9 LICN 1995.9 -27.1 SMJC 574 -6 FOWAD 1479 0 NIL 912 8 SRBLD83 1065 -10 CBBL 980 1 RHGCL 388 0 CCBD88 1123.1 6.1 RBCLPO 12300 88 BOKD86 1040 18 RAWA 889 29 SRLI 443.1 -4.9 MHNL 265.5 -0.5 SFEF 9.29 0.22 NLIC 814 -13.4 USLB 1467 -2.9 SLBBL 958.9 -4.2 AHL 651 2 KBLD86 1115 0 NBBD2085 1100 0 SGHC 393.6 0.1 CIZBD86 1060 -10 SPDL 310 5
×
शुभम पावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक , जम्मा ४८ हजार जनाले सेयर पाउने।



शुभम पावर लिमिटेडको आईपीओ भोली बाँडफाँट हुने भएको छ ।

कम्पनीले माघ १८ देखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भोली शुक्रबार बाँडफाँट हुने भएको हो। कम्पनीले पहिलो चरणमा योजना प्रभावित क्षेत्रका बासिन्दालाई निस्कासन गर्दा बिक्रि नभएको १ लाख ८० हजार ५ सय ८० कित्ता शेयर र सर्वसाधारणको लागि छुत्ताइएको ४ लाख कित्ता गरि ५ लाख ८० हजार ५ सय ८० कित्ता शेयर सर्वसाधारणको लागि छुत्ताइएको थियो।

जसको १० प्रतिसत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ। बाकि रहेको ४ लाख ८१ हजार ८२२ कित्ता शेयरका सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ४८ हजार १८८ जनाले मात्रै शेयर पाउनेछन् । केयर रेटिङ्ग नेपालले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ, यस आयोजनाको कूल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस