GMFIL 630.5 4.6 RADHI 436 -6.5 AKJCL 223 -5.9 PBD88 1056 -4.1 SHLB 1960 123.3 IGI 638 -9 MKCL 1453.1 -16.9 JBBL 386 -0.9 UNHPL 280 -4 HATHY 1401 -14 NHDL 587 -7 BARUN 355 -2 MAKAR 549 -11 VLUCL 633 -14.7 HBL 258 1 DLBS 1448 48 LICN 2270 -56 SJCL 346.3 -11.7 PPL 569 30.6 USHEC 504 26.9 MFIL 739.1 -7.8 SHL 535 -6 BFC 635 2 NLG 1325 44 RMF1 9.22 -0.14 SPL 845 -10 SWMF 870 4 ICFC 761 -8 SPHL 650 -9 MANDU 1041 6 USHL 634 12 SFCL 675 9 CBLD88 1048 3.9 SBID89 1050 22.5 BNHC 539 -6 SIKLES 731.1 -11.9 SONA 490 -7 PMLI 625 7 SMJC 539 -11 PFL 637 6.8
×
भोलि देखि निष्कासन हुदै सबैले आवेदन दिन मिल्ने आईपीओ , कति दिने आवेदन ?



एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन  गरी बाँडफाँट समेत गरिसकेको छ । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८ सय  कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन २ गते हुनेछ भने ढिलोमा फागुन १२ गते हुनेछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस