SHPC 553 -3 SNLI 615 -7 GBILD86/87 1005 -28 GILB 1382 48 SHEL 263 -7 SSHL 230 -7.5 API 335.5 -3.4 NLG 1325 44 JSLBB 1554 59 SMB 1913 122 HEI 718 -17 NMBD89/90 1146.4 22.4 UNLB 2783 233 KSBBL 506 -2 GBIME 247 -2 WNLB 2300 162 NFS 1565 -85 AVYAN 988 53 EDBL 680 15.6 FOWAD 1516 28 GLH 272 2 NBL 287 -2.1 PSF 10.68 -0.02 CGH 1007 -20 TAMOR 490 8.6 MHCL 396.5 -7.3 ILI 513 -2 SMFBS 1569 44 RBCL 18700.2 -129.8 SPHL 650 -9 SMATA 950 10 MKCL 1453.1 -16.9 HLI 500 -3 BARUN 355 -2 NICFC 10.33 0.02 PBD88 1056 -4.1 CZBIL 235 -5 MMF1 8.85 0 GMFIL 630.5 4.6 PHCL 370 -5
×
माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट हुदै , ११ लाख आवेदकको हात खालि हुने।



माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ भाेलि बाँडफाँट हुने भएकाे छ ।

कम्पनीले माघ १३ गतेदेखि माघ १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओ भाेलि बाँडफाँट हुने भएको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि माघ १३ गतेदेखि आईपीओ निष्कासन खुल्ला गरेको थियो । कम्पनीले जारी पूँजीको रू.१ अर्बको ३४ प्रतिशतले हुन आउने रू. ३४ करोड बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो ।

कम्पनीकाे आईपीओमा  १३ लाख ९७ हजार ७२३ जना लगानीकर्ताहरूले कुल १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा ७.९६ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँट गर्दा भाग्यमानी १ लाख ९९ हजार २ सय जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् भने बाँकी ११ लाख ९८ हजार ५२३ जना लगानीकर्ताहरूको भने हात खाली हुनेछ ।

इक्रा नेपालले कम्पनीलाई आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत देखाउँछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रबर्धन गरिरहेको १४ दशमलव ९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू.२० करोड १३ लाख ४२ हजार रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस