MHNL 265.5 -0.5 NESDO 2229 -18 UMHL 308 -4 KSY 9.22 -0.19 SCB 691.1 3.6 NUBL 730 2.8 LBBLD89 1208.5 23.5 NIBLSTF 8.68 0 MERO 760 0.5 SAGF 9.31 0.01 MKCL 1497 -26 MKHC 339 -1 MFLD85 1050 -20 NIBLGF 9.1 0.38 NABBC 631 -12 SBI 482.9 -6 SNLI 585.1 -0.9 NLIC 814 -13.4 NICBF 9.3 -0.08 TVCL 461 1 HRL 861 -4 HPPL 316.3 -3.6 KBL 234 -6.9 SBD87 1048 11.9 SPDL 310 5 NBF3 9.04 0.17 PHCL 465.1 -9.9 SRBLD83 1065 -10 NSIF2 10.52 0.02 LICN 1995.9 -27.1 MHCL 410 -7 SHIVM 599 -8 CGH 909 -5 DHPL 242 1 RAWA 889 29 C30MF 9.74 0 SLBBL 958.9 -4.2 NBLD85 1025 0 UPPER 214.2 -1.8 CIZBD86 1060 -10
×
सबैले आवेदन दिन मिल्ने गरि खुल्यो शुभम पावर आईपीओ , कति दिने आवेदन ?



शुभम पावर लिमिटेडले आज देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ ।

यसअघि पहिलो र दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेर बाडँफाटँ गरि सकेको छ। अब कम्पनीले तेश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले पहिलो चरणमा योजना प्रभावित क्षेत्रका बासिन्दालाई निस्कासन गर्दा बिक्रि नभएको १ लाख ८० हजार ५ सय ८० कित्ता शेयर र सर्वसाधारणको लागि छुत्ताइएको ४ लाख कित्ता गरि ५ लाख ८० हजार ५ सय ८० कित्ता शेयर सर्वसाधारणको लागि छुत्ताइएको थियो। जसको १० प्रतिसत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरि सकेको छ।

सर्वसाधारणका लागि निष्कासन गर्नलागिएको सेयर मध्य ५ प्रतिसत अर्थात् २९ हजार ३० कित्ता सेयर म्युचल फण्डलाई बाडँफाटँ गरि सकेको छ भने २ प्रतिसत अर्थात् ११ हजार ६ सय १० कित्ता कम्पनीका कर्मचारीहारुलाई छुत्ताइएको छ। अब बाकि रहेको ४ लाख ८१ हजार ८२२ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि माघ २२ गतेसम्म आवेदन दिन सक्ने छन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ, यस आयोजनाको कूल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस