


दुई कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएका छन् ।
भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र दोल्ती पावर कम्पनी ले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका हुन्। भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
त्यस्तै दोल्ती पावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।