EHPL 443 -7 SHINE 397 -15 KBSH 1075 25 NIMBPO 132.7 -3.3 SAMAJ 2400 101 ADBLD83 1098.5 42.5 SAEF 9.9 -0.04 ULHC 329.1 -12.9 NIMB 155 -2.9 SFMF 9.91 0.28 TRH 730 -7 AKJCL 207 -3 HURJA 286 -4 SFCL 345 0 GFCL 457 -9.4 GUFL 702 -12.5 SBCF 7.78 -0.12 MKLB 1100 33.9 SWMF 808 -2 SIGS3 9.28 0.33 BFC 386.4 -7.6 UPCL 194.5 -4.4 SHIVM 503 5 SINDU 389.9 -5.1 RBCLPO 10750 -48 MAKAR 372 -8.7 USHL 469 9 NLG 760 4.2 NMFBS 1296 -24 BGWT 625 -6 SPHL 467 -7 SKBBL 811.5 -6.5 SJLIC 414 -2 MKJC 445 -4 KDL 819 -6 HRL 563.5 -6.6 SJCL 266.1 -2.9 PROFL 339 -1.2 BNL 16398 398 STC 4365.2 45.2
×
माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन।



माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीद गर्ने अन्तिम दिन आज रहेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि माघ १३ गतेदेखि आईपीओ  निष्कासन खुल्ला गरेको हो।कम्पनीले जारी पूँजीको रू.१ अर्बको ३४ प्रतिशतले हुन आउने रू. ३४ करोड बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो ।

सोमध्य १२ लाख ४० हजार कित्ता लाख कित्ता शेयर पहिलो चरणमा निस्कासन गरि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।

अब कम्पनीले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणका लागि निस्कासन गर्न लागेको हो। कम्पनीको आईपीओमा आवेदन दिन चाहाने आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता शेयरका लागि छिटोमा माघ १७ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले कम्पनीलाई आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत देखाउँछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रबर्धन गरिरहेको १४ दशमलव ९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू.२० करोड १३ लाख ४२ हजार रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस