×
Lagani
Lagani Shiksha gif
सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न , आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित।



सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अलोफ्ट काठमाण्डू ठमेल, छाँयादेवी कम्प्लेक्स, काठमाडौंमा आइतवार साधारण सभा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। उक्त सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पारित गरेको छ ।

यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने हुदा कम्पनीले पूँजी वृद्धिका लागि संस्थापकतर्फबाट ५० प्रतिशत पूँजी थप गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस