SJCL 326 -3.7 MDB 630 -3.8 KKHC 260 -2 GBLBS 738 -10 NBLD85 1025 0 BNHC 466.9 0.7 NMB 263.9 -7.1 PROFL 655 7 ADBL 367 -11.1 TSHL 909 -11 RHPL 364 -5.2 HEIP 381.8 20.8 PBD84 1065 1.7 CZBIL 242 -10 SFMF 10.2 -0.2 SMJC 574 -6 CHCL 568.9 -8.1 JSLBB 1513.9 38.9 SBLD89 1200 16.1 NABIL 594 3 NGPL 472 -2.9 EBL 605 5 SAPDBL 569.6 -7.4 RBCLPO 12300 88 H8020 10.2 -0.05 EBLD86 1040 -2 SBI 482.9 -6 RLFL 625 6.9 MFLD85 1050 -20 LBBLD89 1208.5 23.5 NICD88 1032 -21 NLO 242.1 0 PCBL 292 -2 MBJC 321 -8 NRM 426.1 -4.9 RADHI 397.9 7.9 GLBSL 1600.4 -29.6 SPL 813 -12.1 NIBD84 1030 -20 HURJA 220 -4.6
×
आजदेखि खुल्यो मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?



मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ आज देखि पहिलो चरणको आईपीओ निष्कासनगरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६०  हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

स्थानीयलाई जारि शेयर मध्य अति प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाँउपालिकाको वडा नं. ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता शेयर विक्री गर्ने कम्पनीले जनाएको छ।

यसकासाथै सर्वसाधारणलाई छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गर्ने छ। स्थानीयले आईपीओमा खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ २९ गतेभित्र आवेदन दिनु पर्नेछ भने आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले  छिटोमा माघ २९ गते सम्म आवेदन दिन सक्ने छन भने  ढिलोमा फागुन १५ गते सम्म आवेदन दिन सक्ने छन।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थलहरु, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले मेरो सेयर मार्फत आवेदन दिन सक्ने छन्।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको  दोलखा जिल्लामा ६ दशमलव ४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस