आईपीओ निष्कासनको तयारीमा रहेको उपकार लघुवित्तको नाफा ८१% घट्यो

उपकार लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण  सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको असोज मसान्तसम्म ४१ लाख ३५ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ८१.७६ प्रतिशतले कमी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले २ करोड २६ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चुक्ता पूँजी ४ करोड २० लाख रहेको कम्पनीको जगेडा कोषमा १३ करोड १३ लाख ९१ हजार सञ्चित छ । लघुवित्त कम्पनीको सञ्चालन नाफा ३ करोड ४३ लाख ऋणात्मक रहेको छ भने पहिलो त्रैमासमा कम्पनीले करोड ९ लाख ३८ हजार खराब कर्जा उठाएको छ । खराब कर्जा उठाएपछि नाफा धनात्मक बनेको हो ।

कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड १३ लाख ९१ हजार रुपैयाँ राखेको छ । कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।