


अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले माघ २७ गते मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेबाट सुरु उक्त सभामा कम्पनीले ८% बोनस सेयर र कर तिर्न ०.४२१% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, माघ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted