RMF1 9.15 -0.1 NIBD84 1030 -20 SWBBL 1065 2.1 TAMOR 482.9 -2.1 BHPL 655.1 -12.7 SIKLES 707 -3 GRDBL 743 5 MATRI 1405 -8 DORDI 429 -3.3 EBL 605 5 MKHC 339 -1 CMF2 9.21 -0.1 GILB 1268.4 4.4 SBID83 1098 8.7 NICA 452 -13 SGIC 641.2 -4.8 BFC 625 9.1 LVF2 9 0 JFL 655 6 HDHPC 208.8 -4.1 SBCF 9 -0.2 MAKAR 500 6 CYCL 1540 -7 SCB 691.1 3.6 LBLD86 1081 -0.2 CBBL 980 1 SLBBL 958.9 -4.2 UPCL 262.2 -2.7 SDBD87 1035 4 TRH 1118 -5 NICD88 1032 -21 NGPL 472 -2.9 LUK 9.21 -0.09 NMB 263.9 -7.1 ANLB 4453.1 47 RNLI 495.5 1.5 RURU 740 -9.8 AKJCL 209 -3 SPDL 310 5 MEL 292 2
×
भोलि देखि निष्कासन हुदै सबैले भर्न मिल्ने आईपीओ , कति दिने आवेदन ?



सुपर मादी हाइड्रोपावरले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कम्पनीले निष्कासन गरेको आईपीओ बाँडफाँट गरि सकेको छ। कम्पनीले सर्वसाधारणको लागि कुल २१ लाख कित्ता आइपियो निस्कासन गरेको हो।

जस मध्य वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता विक्री गरिसकेको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । अब बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते सम्म आवेदन दिन सक्ने छन्।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकास्थित मादी नदीको पानीबाट  ८ अर्ब ३५ करोड अनुमानित लागतमा ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस