NMBD87/88 1027 -3 GCIL 498 -5.8 RHGCL 388 0 RADHI 397.9 7.9 CORBL 958.8 -10.2 SNLI 585.1 -0.9 SFCL 704.1 63.6 PSF 9.51 -0.09 SHL 512 -4.5 NMBMF 695 -10 USHEC 523 -7 SAEF 11.22 0.17 SFMF 10.2 -0.2 MNBBL 395.8 -0.8 NLG 1317 2 IHL 499 -1 NESDO 2229 -18 UMRH 475 -1.9 KBLD89 1156 1 VLBS 902.5 -7.5 SBL 345 -8.1 SJLIC 477 -7.5 SMATA 875 -16 SNMAPO 190 0 PROFL 655 7 SBLD89 1200 16.1 CIZBD90 1081 1 NLO 242.1 0 SBD87 1048 11.9 HURJA 220 -4.6 DHPL 242 1 NABIL 594 3 UPCL 262.2 -2.7 GILB 1268.4 4.4 API 289.5 2.5 UMHL 308 -4 LLBS 1050 5 ULBSL 3199 37 MHL 725 3.5 HBLD83 1056.3 0.3
×
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट



प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकको खुद नाफा तीन दशमलव ९० प्रतिशतले घटेर ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले एक अर्ब एक करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी नौ दशमलव ६० प्रतिशतले घटेर एक अर्ब ४० करोड १८ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यसले एक अर्ब ५५ करोड ८ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भने सामान्य गिरावट आएको छ । त्यसैले, बैंकको खुद नाफा पनि सामान्य प्रभावित भएको हो ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि चार दशमलव ०१ प्रतिशतले घटेर ३२ करोड ४८ लाख ७० हजार रुपैयाँमा झरेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा दुई दशमलव ६७ प्रतिशतले घटेर एक अर्ब ४० करोड ९० लाख ११ हजार रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १६ अर्ब ८ करोड ३० लाख ३६ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा पाँच अर्ब ७६ करोड १२ लाख र सेयरधनी कोषमा तीन अर्ब १० करोड ७१ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष १३ दशमलव ७६, शेयरधनी कोष ११ दशमलव ८८, निक्षेप संकलन तीन दशमलव ३०, कर्जा लगानी छ दशमलव २१ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी चार रुपैयाँ ७९ पैसाले घटेर २४ रुपैयाँ ३२ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ११ पैसा थियो । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ १४ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस