×
सानिमा बैंकको नाफा ५२ प्रतिशतले बढ्यो



चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा बैंकले ५६ करोड ७८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा बैंकले ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी १८ दशमलव ८४ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ३३ दशमलव ७१ प्रतिशतले बढेको छ । बैंकको खराब कर्जा पनि शून्य दशमलव २९ प्रतिशतले घटेर शून्य दशमलव ११ प्रतिशत पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा  एक अर्ब ९६ करोड रुपैयाँ रहेको छ । गत वर्ष यसको वितरण योग्य नाफा १० करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ छ ।

रिटेन्ड अर्निङसहित बैंकको जगेडा कोष रकम पाँच अर्ब ७५ करोड १५ लाख रुपैयाँभन्दा बढी छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी छ रुपैयाँ १४ पैसाले बढेर २२ रुपैयाँ ७८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस