SADBL 419 -1 RLFL 625 6.9 HEI 648 -10 CHL 353 0.4 CZBIL 242 -10 UMHL 308 -4 ACLBSL 1035 0 GFCL 1051.1 6 PMHPL 260 -4 SLBSL 1398.4 21.4 MSHL 938 3 HURJA 220 -4.6 BARUN 379 -6.1 BGWT 934.9 -21.1 SPHL 666.9 16.9 MEN 631.1 -3.9 NMB50 10.3 0.05 SINDU 667 -6 NMB 263.9 -7.1 SWBBL 1065 2.1 NRN 905 -8 SPIL 853 -18 SFCL 704.1 63.6 SICL 832 0 AVYAN 909 -6 JOSHI 305 -6.8 CCBD88 1123.1 6.1 BHPL 655.1 -12.7 NWCL 975 -13.9 BHDC 583 5.4 CGH 909 -5 FOWAD 1479 0 MBL 255 -4 TPC 465 6 BNHC 466.9 0.7 SHIVM 599 -8 NLO 242.1 0 SCB 691.1 3.6 NIBSF2 8.9 0.08 RURU 740 -9.8
×
ओलीलाई बालेनको जवाफ : सुकुम्बासी तपाईंका भोट बैंकमात्रै भए



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिप्रश्न गरेका छन् ।

उनले सुकुम्बासीले भोगेका ३२ वटा जाडो किन नदेखेको भन्दै ओलीलाई प्रतिप्रश्न गरेका हुन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक-पटक राज्य संरचनाको नेतृत्व लिंदा ओलीले नदेखेको टिप्पणी गरे ।

बालेनले आफ्नो सामाजिक सञ्जालमा ओलीलाई सम्बोधन गर्दै अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको धारणा थाहा पाएको जनाएका छन् । ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन ।

मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्बासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश,’ उनले भने ।

उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
    सिफारिस