BNT 14350 -50 SBID83 1098 8.7 NMBMF 695 -10 HATHY 1322 13 GRDBL 743 5 ILBS 980 -21.5 CHDC 1684 -35.9 NESDO 2229 -18 SWMF 812 -13 KPCL 493 -0.8 UAIL 639 -1 LVF2 9 0 BOKD86 1040 18 SAMAJ 3321.1 1.1 HLBSL 1010 -10 KKHC 260 -2 LUK 9.21 -0.09 NHPC 220.1 0 NWCL 975 -13.9 SIKLES 707 -3 CIZBD86 1060 -10 SFCL 704.1 63.6 SBI 482.9 -6 RLFL 625 6.9 ALICL 714.5 -1.2 GIBF1 9.69 0.1 AKPL 248.5 -2.5 VLUCL 588 -1.9 ANLB 4453.1 47 SPC 520 5 PCBL 292 -2 GBLBS 738 -10 MCHL 488.3 -3.7 CGH 909 -5 SFMF 10.2 -0.2 SNMAPO 190 0 RMF2 9.21 -0.13 RIDI 235 0 MATRI 1405 -8 RFPL 532 11.1
×
पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल



नेकपा (माओवादीं) केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका व्यहोरेको छ ।

पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ ।  माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ । महोत्तरी-१ मा गिरीराजमणि पोखरेल र सर्लाही-२ मा महिन्द्रराय यादवले अग्रता कायम गरेका छन् ।

माओवादीले जितेका निर्वाचन क्षेत्र यी हुन् 

माओवादीले खोटाङ-१ मा जितेको छ । खोटाङ-१ बाट रामकुमार राई निर्वाचित भएका छन् ।भोजपुरमा सुदन किँराती, मोरङ-४ बाट अमनलाल मोदी, काभ्रे-१ बाट सूर्यमान तामाङ, नुवाकोट-१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक-१ बाट माधव सापकोटा र सिन्धुली-२ बाट लेखनाथ दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै, गोरखा-२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाग्लुङ-२ बाट देवेन्द्र पौडेल, दाङ-२ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र रुकुम पश्चिमबाट जनार्दन शर्मा र हुम्लाबाट छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।

सुदूरपश्चिममा निल बन्यो माओवादी

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा निल बनेको छ । सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन ।

कैलाली-२ मा भगत बडुवाल, ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर-१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित भएका हुन् । माओवादीले ०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सिट जितेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस