NIBD2082 1099 0 HBL 260 -13 SHEL 242.9 -4.7 SBLD84 1040 19.3 CIZBD90 1081 1 SPC 520 5 NIBLSTF 8.68 0 MKJC 467.9 -1 SGIC 641.2 -4.8 SNLI 585.1 -0.9 RAWA 889 29 DLBS 1374 30 RURU 740 -9.8 CITY 805 -17 SANIMA 326 -10.2 MLBSL 2000 -26 NWCL 975 -13.9 NIBD84 1030 -20 EHPL 840 7.9 BHDC 583 5.4 SALICO 747 -9.1 EBLD85 1105 5 EBLD86 1040 -2 RBCL 17071 -109 KPCL 493 -0.8 SWMF 812 -13 HHL 439 -3.2 GCIL 498 -5.8 KBSH 2386 -9 CGH 909 -5 AHL 651 2 RSDC 735 0 UNLB 2527 -3.9 MSLB 1564 -70 JBLB 1534 -3 MHL 725 3.5 BHL 440 -13 MERO 760 0.5 PMLI 562 1 KBL 234 -6.9
×
चीनले पाँच वर्षमा नेपाललाई उपलब्ध गरायो करिव ५० अर्ब सहायता



चीनले पाँच वर्षको अवधिमा नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहायता प्रदान गरेको छ ।

चीनले उक्त सहायता आर्थिक वर्ष सन् २०१६/१७ देखि २०२०/२१ सम्मको पाँच वर्षको अवधिमा नेपाललाई उपलब्ध गरेको हो ।  अनुदान, व्याज बिनाको ऋण र सहुलियतपूर्ण ऋण शिर्षकमा चीनले उक्त सहायता प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट पार्टनर प्रोफाइल बुक’ मा उल्लेख भए अनुसार चीनले सो अवधिमा नेपाललाई कुल ३८ करोड ४ लाख ५० हजार अमेरिकी डलरको सहायता (करिव ४९ अर्ब ८२ करोड ९ लाख ५४ हजार रुपैयाँ) उपलब्ध गरेको छ ।

पाँच आर्थिक वर्षमध्ये सबैभन्दा ठूलो सहायता सन् २०१८/१९ मा नेपालले प्राप्त गरेको थियो । सो वर्ष नेपालले १५ करोड ३ लाख ७० हजार अमेरिकी डलर सहायता चीनबाट प्राप्त गरेको थियो ।

अर्थ मन्त्रालयका अनुसार चीनले मुख्यगरी नेपालको उर्जा विकास, आर्थिक तथा प्राविधिक सहयोग, हवाई यातायात, पुनर्निर्माण र कोभिड–१९ नियन्त्रणमा आपत्कालीन सहायत गरी पाँच क्षेत्रमा ठूलो लगानी गरेको छ ।

चीनले आर्थिक वर्ष सन् २०१६/१७ मा ४ करोड १२ लाख ४४ हजार २५४ अमेरिकी डलर, २०१७/१८ मा ५ करोड ८७ लाख २७ हजार ७८ अमेरिकी डलर, २०१८/१९ मा १५ करोड ३ लाख ७० हजार ५४० अमेरिकी डलर, २०१९/२० मा ९ करोड ३० लाख २६ हजार ७८७ अमेरिकी डलर र २०२०/२१ मा ३ करोड ७० लाख ८१ हजार ६५० अमेरिकी डलर उपलब्ध गरेको थियो ।

नेपाल र चीनबीच सन् १९५६ को अक्टोबरमा पहिलोपटक आर्थिक सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत सहायता उपलब्ध गराउँदै आएको छ ।

नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ का दिन कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । चीनले सन् १९६० जुलाईमा काठमाडौंमा आवासिय दूतावास खोलेको थियो । नेपालले सन् १९६१ सेप्टेम्बरमा बेइजिङमा आवासिय दूतावास खोलेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस