JOSHI 305 -6.8 CIZBD90 1081 1 ADBL 367 -11.1 EBL 605 5 RAWA 889 29 RLFL 625 6.9 GMFBS 1512.1 -16.9 GBIME 256.1 -4.4 SWBBL 1065 2.1 CORBL 958.8 -10.2 CFCL 647 27.1 GBBLPO 205 0 NBF2 9.15 -0.05 BEDC 470 0 NRM 426.1 -4.9 NIBSF2 8.9 0.08 HIDCL 270.7 -4.1 SHPC 525 -3.9 MMKJL 543.6 9.6 EBLD85 1105 5 ULBSL 3199 37 GUFL 735 5 BHPL 655.1 -12.7 NABBC 631 -12 USLB 1467 -2.9 SGIC 641.2 -4.8 TSHL 909 -11 AKPL 248.5 -2.5 NUBL 730 2.8 AHL 651 2 RIDI 235 0 MLBSL 2000 -26 MND84/85 1030 2 NRN 905 -8 CMF2 9.21 -0.1 NABIL 594 3 JSLBB 1513.9 38.9 NBF3 9.04 0.17 RHPL 364 -5.2 CZBIL 242 -10
×
कोही घन्टी बजाएर, कोही लौरो टेकेर आएका होलान्, त्यस्ता स्वतन्त्रले देश चलाउन सक्दैनन्ः ओली



एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मात्र देश विकास गर्ने दाबी गरेका छन् ।

बुधबार झापामा आयोजित चुनावी भेलामा उनले अन्य पार्टीसँग देश चलाउने, संगठन चलाउने, पार्टी चलाउने बुद्धि नै नभएको दाबी गरे । ‘देश चलाउन, पार्टी चलाउन त बुद्धि चाहियो नि, तर अरु दलमा त्यस्तो देखिएको छैन । त्यसैले एमालेले मात्र देश चलाउने हैसियत राख्छ,’ ओलीले भने ।
उनले जनतालाई अधिकार सम्पन्न बनाउने गरी एमाले अघि बढेको बताए । ‘हामीले १७ हजार मानिस क्रान्तिको सपना देखाएर उक्साएर, भड्काएर मारेको देख्यौं,’ उनले भने, ‘ती सहिदका परिवार आज के गर्दैछन् ? घाइतेहरू के गर्दैछन् ? उनीहरूको जीवन अवस्था कस्तो छ ? त्यो हेर्नुपर्दैन । क्रान्तिको सपना देखाएर पार्टीको नेतृत्व लिने दुई दुईपटक प्रधानमन्त्री बने । अहिले पनि गठबन्धनको सरकारमा छन् । तर एमालेले मात्र द्वन्द्वका पीडित घाइते र प्रभावितहरूको जीवन निर्वाह गर्न भत्ताको व्यवस्था गरेको छ ।’

ओलीले एकीकृत समाजवादी भन्ने पार्टी नै नभएको दाबी गरे । उनले माधवकुमार नेपाल एमाले सिध्याउने अभियानमा लागेको आरोप गर्दै एकीकृत समाजवादीको हैसियत मंसिर ४ गतेको निर्वाचनले देखाउने बताए ।

ओलीले रवि लामिछानेप्रति इंगित गर्दै पत्रकारिता गर्न छाडेर राजनीति गर्न आएको, उम्मेदवार दिएको भन्दै घन्टी बजाएर, लौरो टेकेर आउने स्वतन्त्रबाट देश नचल्ने दाबी गरे । उनले देश विकास गर्न सुदृढ पार्टी आवश्यक पर्ने बताए । उनले गठबन्धन सरकारले जे पनि गर्न सक्ने भन्दै चनाखो भएर बस्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस