×
Lagani
Lagani Shiksha gif
कोही घन्टी बजाएर, कोही लौरो टेकेर आएका होलान्, त्यस्ता स्वतन्त्रले देश चलाउन सक्दैनन्ः ओली



एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मात्र देश विकास गर्ने दाबी गरेका छन् ।

बुधबार झापामा आयोजित चुनावी भेलामा उनले अन्य पार्टीसँग देश चलाउने, संगठन चलाउने, पार्टी चलाउने बुद्धि नै नभएको दाबी गरे । ‘देश चलाउन, पार्टी चलाउन त बुद्धि चाहियो नि, तर अरु दलमा त्यस्तो देखिएको छैन । त्यसैले एमालेले मात्र देश चलाउने हैसियत राख्छ,’ ओलीले भने ।
उनले जनतालाई अधिकार सम्पन्न बनाउने गरी एमाले अघि बढेको बताए । ‘हामीले १७ हजार मानिस क्रान्तिको सपना देखाएर उक्साएर, भड्काएर मारेको देख्यौं,’ उनले भने, ‘ती सहिदका परिवार आज के गर्दैछन् ? घाइतेहरू के गर्दैछन् ? उनीहरूको जीवन अवस्था कस्तो छ ? त्यो हेर्नुपर्दैन । क्रान्तिको सपना देखाएर पार्टीको नेतृत्व लिने दुई दुईपटक प्रधानमन्त्री बने । अहिले पनि गठबन्धनको सरकारमा छन् । तर एमालेले मात्र द्वन्द्वका पीडित घाइते र प्रभावितहरूको जीवन निर्वाह गर्न भत्ताको व्यवस्था गरेको छ ।’

Lagani Shiksha gif
sharehubapk कोही घन्टी बजाएर, कोही लौरो टेकेर आएका होलान्, त्यस्ता स्वतन्त्रले देश चलाउन सक्दैनन्ः ओली

ओलीले एकीकृत समाजवादी भन्ने पार्टी नै नभएको दाबी गरे । उनले माधवकुमार नेपाल एमाले सिध्याउने अभियानमा लागेको आरोप गर्दै एकीकृत समाजवादीको हैसियत मंसिर ४ गतेको निर्वाचनले देखाउने बताए ।

ओलीले रवि लामिछानेप्रति इंगित गर्दै पत्रकारिता गर्न छाडेर राजनीति गर्न आएको, उम्मेदवार दिएको भन्दै घन्टी बजाएर, लौरो टेकेर आउने स्वतन्त्रबाट देश नचल्ने दाबी गरे । उनले देश विकास गर्न सुदृढ पार्टी आवश्यक पर्ने बताए । उनले गठबन्धन सरकारले जे पनि गर्न सक्ने भन्दै चनाखो भएर बस्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस