×
Lagani
Lagani Shiksha gif
५ वर्षमा गरिबीको दर आधा घटाउने माओवादीको प्रतिबद्धता !



नेकपा माओवादी केन्द्रले आगामी पाँच वर्षमा हाल कायम रहेको गरिबी कम्तीमा आधाले घटाउने घोषणा गरेको छ ।

उनले गरिबीको रेखामुनि रहेका सबै नागरिकलाई चुनावको एक वर्षभित्र ‘राज्य सुरक्षा कार्ड’ वितरण गर्ने जनाएका छन्।  ‘विपन्न परिवार जोखिमपूर्ण तबरले नदी किनार तथा अन्य सार्वजनिक स्थलहरूमा बसोबास गर्नुपर्ने अवस्थाको अन्त्य गरिने छ,’ माओवादीले प्रतिबद्धतापत्रमा भनेको छ ।

Lagani Shiksha gif
sharehubapk ५ वर्षमा गरिबीको दर आधा घटाउने माओवादीको प्रतिबद्धता !

त्यस्तै प्रचण्डले बहुदलपछि कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने बताएका छन् । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका सम्बन्धमा सोमबार घोषणापत्र सार्वजनिक गर्दै उनले आफ्नो पार्टीले बहुदलपछि विशिष्ट पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताए ।

‘हाम्रो पार्टीको घोषणापत्रमा बहुदलपछि बनेका प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मुख्यसचिवसहित सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ भनेको छ । त्यसका लागि माओवादीले नेतृत्व गर्छ,’ उनले भने । प्रचण्डले आफ्नो छोटो समयको प्रधानमन्त्रीत्वकालमा देशमा भ्रष्टाचार नभएको पनि दाबी गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस