×
Lagani
Lagani Shiksha gif
मिर्मिरे लघुवित्तको खुद नाफामा १९३ दशमलव ३३ प्रतिशतकाे वृद्धि



मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार गरेको देखिएको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा दुई करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको खुद नाफा १९३ दशमलव ३३ प्रतिशतले बढेको हो ।

Lagani Shiksha gif
sharehubapk मिर्मिरे लघुवित्तको खुद नाफामा १९३ दशमलव ३३ प्रतिशतकाे वृद्धि

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५८ दशमलव ६२ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा २१ दशमलव ६१ रुपैयाँ रहेकोमा ३७ दशमलव ०१ रुपैयाँले बढेको हो ।

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११५ दशमलव ७१ प्रतिशत बढेर १३ करोड ३३ लाख ५८ हजार छ । त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा १९३ दशमलव ३३ प्रतिशतले बढेर १० करोड १२ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी आठ दशमलव १३ प्रतिशत बढेको छ भने जगेडा कोष १७० दशमलव ७६ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ९२ दशमलव ७३ प्रतिशत छ । कम्पनीको निक्षेप संकलन ३७ दशमलव ०८ प्रतिशतले बढेको छ भने कर्जा ७४ दशमलव ५० प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले दुई अर्ब १३ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब ४६ करोड छ लाख रुपैयाँ सापटी लिएर आठ अर्ब ११ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस