×
Lagani
Lagani Shiksha gif
पुटिन भन्छन युक्रेनमा अझै हमला गर्छौ , यस्तो छ कारण।



रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनका विभिन्न सहरहरूमा भएका वृहत हमला रुस र क्रिमियालाई जोड्ने महत्वपूर्ण पुलमाथि युक्रेनले गरेको आक्रमणको बदलामा भएको बताएका छन् ।

रणनीतिक रुपमा महत्वपूर्ण उक्त पुलमा युक्रेनले विस्फोट गराएको पुटिनले आरोप लगाएका छन् । उक्त ‘आतंककारी आक्रमण’ विरुद्ध युक्रेनमा थप हमला गर्ने पनि उनले चेतावनी दिएका छन् । रुसले बिलय गराएको क्रिमिया जोड्ने उक्त पुल दक्षिण युक्रेनमा हतियार आपूर्तिका लागि महत्वपूर्ण मार्ग मानिएको छ ।

Lagani Shiksha gif
sharehubapk पुटिन भन्छन युक्रेनमा अझै हमला गर्छौ , यस्तो छ कारण।

रुसले सोमबार युक्रेनको राजधानी किभसहित मुख्य सहरमा भिषण हमला गरेको थियो । सहरका विभिन्न स्थानमा रुसी सेनाले गरेको क्षेप्यास्त्र प्रहारमा केहीको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति भएको जनाइएको छ । केही महिनाको अन्तरपछि रुसी सेनाले राजधानी किभमा हमला गरेको हो । यसैबीच बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोले  आफ्ना सेनाहरूलाई युक्रेन नजिकै रुसी सेनासँग तैनाथ गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस