×
Lagani
Lagani Shiksha gif
कतिमा होला मन्दाकिनी हाइड्रोपावरको नेप्सेमा पहिलो कारोबार ?



नेप्सेमा मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर सुचिकृत भएको छ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको  कुल ५८ लाख ८० हजार ३६९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयर एमएचएल (MHL) कारोवार संकेतबाट सूचीकृत भएको छ । कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ७० प्रतिशत, स्थानीयतर्फ १० प्रतिशत र सामूहिक लगानी कोष र कर्मचारी सहित सर्वसाधारणतर्फ २० प्रतिशत स्वामित्व रहेको छ ।

Lagani Shiksha gif

कम्पनीको पहिलो शेयर कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम रू. १०२ देखि अधिकतम रू. ३०६ सम्मको मूल्यरेञ्ज तोकेको छ । मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा भने बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको शेयर कारोबार नेप्सेले तोकेको मूल्यरेञ्जको आधारमा आज स्पेशल प्रि-ओपनिङ सेसनमा कारोबार भए मात्र नियमित सेसनमा कारोबार सुरु हुनेछ ।

कम्पनीको आयोजना प्रभावित स्थानीय तर्फको शेयर भने आगमी तीन वर्षसम्म लकइन पिरियडमा रहनेछ । कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यसमध्ये  ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस