×
बुटवल पावरको खुद नाफा ४७ प्रतिशतले घट्दा इपीएस कति ?



बुटवल पावर कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिसम्म कम्पनीको नाफा ४७.४०% ले घटेर २६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा ५० करोड १८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले अघिल्लो आवमा रू. ५० करोड १८ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. २६ करोड ३९ लाखमा झरेको हो ।

अन्य आम्दानी ६८ करोड ७७ लाख रुपैयाँबाट घटेर गत असार मसान्तसम्ममा ४ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले अघिल्लो आवमा विद्युत् विक्रीबापत रू. ६४ करोड ६१ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. ७७ करोड ५० लाख पुगेको हो । गत आवमा कम्पनीको अन्य आम्दानी घटेकाले नाफा घटेको हो ।

कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २४ करोड रहेको छ भने जगेडामा रू. ३ अर्ब ७४ करोड सञ्चित गरेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी घटेर रू. ८ दशमलव १३ मा झरेको छ । गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ६१ गुणा र प्रतिशेयर नेटवर्थ रू. २१५ दशमलव ५० रहेको छ ।

कम्पनीले प्रकासन गरेको वित्तीय विवरण :

BPCL Q4 Report 12 August 2022 scaled बुटवल पावरको खुद नाफा ४७ प्रतिशतले घट्दा इपीएस कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस