×
मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक ।



मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन  गरेको साधारण सेयर (आईपीओ) भाेलि बाँडफाँट हुने भएकाे छ ।

उक्त आईपीओकाे बाँडफाँट भाेलि दिउँसाे ४ बजे, निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा हुने बिओके क्यापिटलले जनाएको छ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख १० हजार ९ सय २६ जना लगानीकर्ताहरूले १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका थिए । उक्त संख्या सर्वसाधारणकाे लागि छुट्याइएकाे भन्दा १६.५३ गुणा धेरै हाे । जसले गर्दा शेयर पर्न भाग्यकै भर पर्नु पर्ने देखिन्छ।

कम्पनीले साउन ९ गते देखि रू.११ करोड ७६ लाख ७ हजार ३०० बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको हो ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस