×
Lagani
Lagani Shiksha gif
अपर तामाकोसीको बुक क्लोज मिति सार्बजनिक।



अपर तामाकोसी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभाको सूचना जारी गरेको छ ।

एक बराबर एक अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित ३ भदौमा वार्षिक साधारणसभा बोलाएको हो । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज हुने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक महिलासहित चारजना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ । यस्तै, साधारणसभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थाहरुलगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस