अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि मिति २०७९/०४/१३ गतेदेखि एनएमबि क्यापिटल लिमिटेड शेयर रजिष्ट्रारमा नियुक्त भएको हो ।
अब उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका कार्य एनएमबी क्यापिटल मार्फत हुनेछ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















