×
प्रि-ओपन सेसनमा सामान्य अंकले नेप्से उकालो



साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ । यस सेसनमा सूचक दुई हजार ५७३.०५ विन्दुमा आइपुगेको छ । बुधबार नेप्से ६० दशमलव ५६ अकंले बढेर दुई हजार ५७१ दशमलव ६६ विन्दुमा बन्द भएको थियो ।

बिहीबारकाे यस सेसनमा १६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहीबारको सेसनमा सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५० अंक बढेको छ।

आजको प्रि-ओपन सेसनमा नाै कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये पाँच कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी तीन  कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस