×
माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



आज बिहीबार माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ ७ कात्तिकमा बुक क्लोज गर्दैछ । माछापुच्छ्रे बैंकले २६ कात्तिकमा २३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभाले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनसम्बन्धी कामकाे अख्तियारी सञ्चालक समितिलाई दिने, सञ्चालक समितिको रिक्त पदमा नियुक्ति लगायतको एजेण्डा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस