×
आईपीओ निष्काशन गर्दै ईङवा हाइड्रोपावर , बिक्रि प्रबन्धकमा  नेपाल एसबिआई मर्चेण्ट



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस।

ईङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ ।हाइड्रोपावरले  १९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको सो मात्राको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्न लागेको हो ।

ईङवा हाइड्रोपावर लिमिटेडकाे साधारण सेयर (आईपीओ) को प्रारम्भिक सार्वजनिक निष्काशन तथा बिक्रीको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले पाएको छ । ईङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय थापाथलीमा आयोजित एक समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

इङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नेपाल एसबीआई बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनी हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस