FOWAD 1479 0 JSLBB 1513.9 38.9 HDL 1423.1 49.1 BHDC 583 5.4 MEL 292 2 GLBSL 1600.4 -29.6 GBILD86/87 1030 4 KBLD89 1156 1 SAEF 11.22 0.17 SMPDA 910 -1 MLBSL 2000 -26 CZBIL 242 -10 CHL 353 0.4 BBC 4255 50 SNMAPO 190 0 SPIL 853 -18 GBBL 447 -6 MPFL 751 5 SCB 691.1 3.6 KPCL 493 -0.8 ADBL 367 -11.1 SMJC 574 -6 SMB 1809 4 SRBLD83 1065 -10 HEIP 381.8 20.8 SAPDBL 569.6 -7.4 NBBD2085 1100 0 NABIL 594 3 SMATA 875 -16 MERO 760 0.5 LBBL 475 -4.8 MSHL 938 3 GFCL 1051.1 6 UNL 48870 -930 SANIMA 326 -10.2 KEF 9 0.28 SJCL 326 -3.7 BARUN 379 -6.1 PROFL 655 7 MBL 255 -4
×
उपकार लघुवित्तको आईपीओ बाँडफाँट हुदै , यसरि हेर्नुहोस नतिजा।



उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट हुने भएको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार क्यापिटलको कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार बिहान ८ बजे आइपीओ बाँडफाँट गरिने भएको हो । उक्त आईपीओकाे प्रि-अलटमेन्ट वैशाख ६ गते, मंगलबार सम्पन्न भएकाे थियाे ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा अन्तिम दिन सम्म २४ लाख ३१ हजार १७० जनाले आवेदन दिएका छन्। कम्पनीको आईपीओमा  २४ लाख ३१ हजार १७० जनाले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १२४ दशमलव ६५ गुणा बढी आवेदन हो ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि मिस्टर नेप्से एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि MORE भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) आफ्नो डिम्याट नम्बर हानि कम्पनि छान्नुहोला। ( नोट : तपाईले सबैजनाको डिम्याट नम्बर सेव गरि एकैपटक सबैको नतिजा हेर्न सक्नु हुने छ। )
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
( नोट : आईपीओ  बाँडफाँट  भएको केहीबेर पछि मात्र नतिजा सार्बजनिक हुने छ ) 

यो आवेदनलाइ हेर्दा १०० जनामा १ जनालाई मात्र १० कित्ता पर्ने देखिन्छ। कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारीपूँजी रू. ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने रू. २ करोड ३६ लाख २५ हजार बराबरको शेयर निष्काशन गरेको हो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । आईपीओ  जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको थियो ।

उक्त संस्थाको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।  कम्पनीको केन्द्रीय  कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस