×
Lagani
Lagani Shiksha gif
उपकार लघुवित्तको आईपीओ बाँडफाँट मिति सार्बजनिक , यस्तो छ नतिजा हेर्ने तरिका।



उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ वैशाख ९ गते शुक्रबार बिहान बाँडफाँट हुने भएको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार क्यापिटलको कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार बिहान ८ बजे आइपीओ बाँडफाँट गरिने भएको हो । उक्त आईपीओकाे प्रि-अलटमेन्ट वैशाख ६ गते, मंगलबार सम्पन्न भएकाे थियाे ।

Lagani Shiksha gif
sharehubapk उपकार लघुवित्तको आईपीओ बाँडफाँट मिति सार्बजनिक , यस्तो छ नतिजा हेर्ने तरिका।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा अन्तिम दिन सम्म २४ लाख ३१ हजार १७० जनाले आवेदन दिएका छन्। कम्पनीको आईपीओमा  २४ लाख ३१ हजार १७० जनाले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १२४ दशमलव ६५ गुणा बढी आवेदन हो ।

यो आवेदनलाइ हेर्दा १०० जनामा १ जनालाई मात्र १० कित्ता पर्ने देखिन्छ। कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारीपूँजी रू. ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने रू. २ करोड ३६ लाख २५ हजार बराबरको शेयर निष्काशन गरेको हो ।

उक्त संस्थाको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । आईपीओ बाँडफाँट भए लगतै मेरो शेयरको आईपीओको नतिजा हेर्न बनाएको साइत बाट हेर्न सकिने छ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । आईपीओ  जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको थियो ।

कम्पनीको केन्द्रीय  कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस