उपकार लघुवित्तले निस्कासन गरेको आईपियो कहिले बाँडफाँट होला भन्ने सबैमा चासो रहेको छ।
आज हामीले कम्पनीको आईपीओ बाँडफाँट कहिले हुदै छ भनेर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई प्रश्न गरेका छौ।
बिक्री प्रबन्धकका अनुसार हाल डाटा भेरिफिकेसनको काम चलिरहेको हुदा उक्त कार्य सम्पन्न गरि भाेलि प्रि-अलटमेन्ट गर्ने तयारी गरिएकाे छ । भाेलि प्रि-अलटमेन्ट सम्पन्न भएमा यही बिहीबार आईपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ।
लघुवित्तको आईपीओमा अन्तिम दिन सम्म २४ लाख ३१ हजार १७० जनाले आवेदन दिएका छन्। कम्पनीको आईपीओमा २४ लाख ३१ हजार १७० जनाले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १२४ दशमलव ६५ गुणा बढी आवेदन हो ।
लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारीपूँजी रू. ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने रू. २ करोड ३६ लाख २५ हजार बराबरको शेयर निष्काशन गरेको हो ।
हाल सम्मको आवेदनलाइ हेर्ने हो भने जम्मा ० दशमलभ ९ प्रतिसत आवेदकले १० कित्ता शेयर हात पर्ने छन् भने ९९ दशमलभ १ प्रतिसत आवेदकको हात खालि हुने छ । उक्त संस्थाको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । आईपीओ जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको थियो ।
कम्पनीको केन्द्रीय कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।
















