×
उपकार लघुवित्तको आईपीओमा १२५ गुणा बढी आवेदन , ९९ प्रतिसत आवेदकको हात खालि हुने !



उपकार लघुवित्तको आईपीओमा अन्तिम दिन सम्म २४ लाख ३१ हजार १७० जनाले आवेदन दिएका छन्।

कम्पनीको आईपीओमा  २४ लाख ३१ हजार १७० जनाले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १२४ दशमलव ६५ गुणा बढी आवेदन हो ।

लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारीपूँजी रू. ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने रू. २ करोड ३६ लाख २५ हजार बराबरको शेयर निष्काशन गरेको हो ।

हाल सम्मको आवेदनलाइ हेर्ने हो भने जम्मा ० दशमलभ ९ प्रतिसत आवेदकले १० कित्ता शेयर हात पर्ने छन् भने ९९ दशमलभ  १  प्रतिसत आवेदकको हात खालि हुने छ । तर यो अन्तिम तथ्यांक भने होइन।

निष्कासन गरिने कुल शेयर मध्य  शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। त्यसतै बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणको लागि सुरक्षित गरिएको छ ।

साथै उक्त संस्थाको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैङ्किङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । आईपीओ  जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको थियो ।

कम्पनीको केन्द्रीय  कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस