


साताको तेस्रो कारोबार दिन मंगलबार इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
समाचार तयार पर्दा सम्म कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १२ दशलमव ३० पुगेको छ ।
कम्पनीको हिजो रू. ९ सय २० दशलमव ३० मा अतिम कारोबार भएको थियो। कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ४ लाख १२ हजार ३ सय २२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
केहि समय अघि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted