वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्थाको चैत १९ गतेदेखि एकीकृत कारोबार हुने भएको छ।
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने /गाभिने कार्यार्थ नेपाल राष्ट्र बैंकबाट मिति २०७८/११।०५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७०१२।०१ गतेको पत्र मार्फत स्वीकृति प्रदान गरिएको थियो। मर्जर पश्चात् समितिको निर्णयानुसार आगामी मिति २०७८/१२/१९ गते देखि “ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था”को नामबाट एकीकृत वित्तीय कारोवार सञ्चालन हुने कम्पनीले एक सुचना जारि गर्दै जनाएको छ।
कम्पनीले जारी गरेको सुचना:
प्रतिक्रिया
Subscribe
Login
0 Comments