नेपाल धितोपत्र बोर्डले धितोपत्र वस्तु विनिमय बजार सम्बन्धी लेख रचना पठाउन अनुरोध गरेको छ ।
धितोपत्र बोर्डको बार्षिक्रोत्सवको अवसरमा नियमितरुपमा धितोपत्र बजार, पुँजी बजार, मुद्रा बजार तथा अर्थतन्त्रसंग सम्बन्धित तथ्यपरक तथा विष्लेषणात्मक लेख/रचना समावेश गरी लेख विशेषाङ्कमा प्रकासन गर्न चाहाने व्यक्तिहरुलाई लेख रचना पठाउन भनेको हो ।
बोर्ड ३०औ बर्षमा प्रवेश गर्न लागेको अवसरमा नेपाल धितोपत्र बोर्ड वार्षिकोत्सव लेख विशेषाङ्क – २०७९ प्रकाशन हुने हुँदा यस क्षेत्रसँग सम्बन्धीत तथ्यपरक तथा विश्लेषणात्मक लेख / रचना नेपाली वा अंग्रेजी भाषामा कम्तीमा २ हजार शब्द प्रिती वा टाइम्स न्यू रोमन फन्टमा टाइप गरी वैशाख मसान्तसम्म पठाउन पनि बोर्डले भनेको छ ।
लेखकलाई आफ्नो लेख [email protected] .np मा पठाउन बोर्डले अनुरोध गरेको छ। साथै उक्त लेख अन्यन्त्र प्रकासन नभएको हुने पर्ने बोर्डले सुचनामा भनेको छ।