×
Lagani
Lagani Shiksha gif
कति होला नेष्डो समृद्ध लघुवित्तकाे ओपनिङ्ग रेञ्ज ? जान्नुहोस



नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँट भएसंगै ओपनिङ्ग रेञ्ज कति होला भन्ने सबैमा चासो रहेको छ।

आज हामीले लगानीकर्ताको चासो मेटाउन कम्पनीको ओपनिङ्ग रेञ्ज कति हुन्छ भन्ने जानकारी लिएर आएका छौ। कम्पनीले केहि दिन अघि मात्रै आइपियो बाँडफाँट गरेको हो। कम्पनीको प्राकासित वित्तिय विवरण अनुसार  कम्पनीको बास्तबिक प्रति शेयर नेटवर्थ रु २६०.८४ रहेको छ भने प्रति शेयर आम्दानि ५६.८७ रहेको छ।

Lagani Shiksha gif
sharehubapk कति होला नेष्डो समृद्ध लघुवित्तकाे ओपनिङ्ग रेञ्ज ? जान्नुहोस

नेप्सेले कम्पनीको नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने भएको हुदा नेष्डो समृद्ध लघुवित्तकाे ओपनिङ्ग रेञ्ज रु २६०.८४ देखि रु ७८२.५२  हुने सम्भावना रहेको छ।

Screenshot 2022 03 09 200906 कति होला नेष्डो समृद्ध लघुवित्तकाे ओपनिङ्ग रेञ्ज ? जान्नुहोस

कम्पनीको प्राकासित विवरण पत्र

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो ।

कुल २५ लाख २७ हजार १ सय १ जना आवेदक मध्ये २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदक रहेकोमा ७७ हजार ४ सय ५३ जना आवेदकले १० कित्ताको दरले शेयर हात पारेका छन् भने २४ लाख ४५ हजार ४ सय ९९ जना आवेदकको हात खाली भएको छ। त्यस्तै ३ जना आवेदकले ११ कित्ताको दरले शेयर प्राप्त गरेका छन्।

सर्वसाधारणको लागि बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सुरक्षित गरिएको थियो  । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस