KDBY 9.21 -0.23 BGWT 934.9 -21.1 RLFL 625 6.9 RNLI 495.5 1.5 HHL 439 -3.2 BNHC 466.9 0.7 KSBBLD87 1093.4 18.4 SBLD84 1040 19.3 USLB 1467 -2.9 H8020 10.2 -0.05 ILBS 980 -21.5 NIFRA 280 -5 MMF1 8.98 0.1 SIGS2 10.05 0 AHPC 267 -0.6 VLUCL 588 -1.9 PBLD87 1028 -2 SINDU 667 -6 NLICL 606 -4 MEL 292 2 EHPL 840 7.9 LUK 9.21 -0.09 SMPDA 910 -1 RHGCL 388 0 MND84/85 1030 2 CMF2 9.21 -0.1 NIMB 241.9 -9.1 NIBSF2 8.9 0.08 MBL 255 -4 BHPL 655.1 -12.7 HLBSL 1010 -10 TVCL 461 1 SIGS3 9.45 0.09 HLI 472 -4 HRL 861 -4 UNL 48870 -930 JSLBB 1513.9 38.9 ADBL 367 -11.1 CCBD88 1123.1 6.1 NESDO 2229 -18
×
नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट मिति सार्बजनिक , ९७ प्रतिसतको हात खालि हुने ।



नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ ।

हाल डाटा भेरिफिकेशनको काम भइरहेको हुदा छिटोमा शुक्रबार भित्रै आईपीओ बाँडफाँट गर्ने तयारी भएको बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले जनाएको छ ।

सिडिएस क्लियरिङका अनुसार २५ लाख ९९ हजार ५९८ जना आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ताका लागि आवेदन परेको छ  जुन मागभन्दा ३८ दशमलव ८७ गुणा बढी हो ।

यहि आवेदनको आधारमा हिसाब गर्दा जम्मा २.९७ प्रतिसत लगानीकर्ताले १० किताको दरले शेयर हात पर्ने छन् भने बाकि ९७ प्रतिसत लगानीकर्ताको हात खालि रहने छ। तर यो अन्तिम तथ्यांक भने होइन।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

सर्वसाधारणको लागि बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सुरक्षित गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

कम्पनीले फागुन ११ गतेदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो ।  आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

नोट : हामीलाई प्राप्त जानकारी अनुसार शुक्रबार बाँडफाँट हुने भनिएको भएपनि बिदाको कारण बाँडफाँट मिति सरेको छ।  

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस