२ करोड ६६ लाख बराबरको आईपीओ निष्काशन गर्दै उपकार लघुवित्त

शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । उपकार लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ ।

साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड नियुक्त भएको छ ।  नेपाल एसबिआई मर्चेण्ट बैङ्किङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्  ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । आईपीओ  जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको छ।  सेबोनबाट अनुमति पाएसंगै कम्पनीले सर्बसाधारणमा आइपियो निस्कासन गर्ने छ।

कम्पनीको केन्द्रीय  कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।

 

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।