×
Lagani
Lagani Shiksha gif
आज शेयर बजारमा पहिरो, ७३ अंकले घट्यो नेप्से



हिजो आइतवार ६१ अङ्कले घटेको शेयर बजार आज सोमवार पनि ७३ अङ्कले घटेको छ । सबै समूहको शेयर आरोलो लागेपछि नेप्से ७३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६ सय ८५ दशमलव ४३ विन्दुमा झरेको छ ।

आज बीमा, फाइनान्स, जलविद्युत्, होटल र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै बढेर हरियो देखिएको छ ।

Lagani Shiksha gif
sharehubapk आज शेयर बजारमा पहिरो, ७३ अंकले घट्यो नेप्से

आज गुडविल फाइनान्स, पोखरा फाइनान्स, नेपाल फाइनान्स, युनाइडेट मर्दी हाइड्रो, कालिका पावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज एक करोड चार लाख ७८ हजार कित्ता शेयर पाँच अर्ब १२ करोड रुपैयाँ कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो १५ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस