×
मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत , ओपनिङ्ग रेञ्ज कति ?



मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर (आईपीओ) असोज ११ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ । नेप्सेले लघुवित्तको शेयर दोश्रो बजारमा कारोबारका लागि एमएलबिएस (MLBS) कारोबार संकेत (सिम्बोल) दिएको छ ।

ओपनिङ्ग रेञ्ज कति  ?

पहिलो कारोबारका लागि नेप्सेले पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम प्रतिशेयर नेटवर्थलाई आधार मानेर प्रतिशेयर न्युनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

दोस्रो बजारमा कारोबारका लागि लघुवित्तले आइतबार कम्पनीले जारी गरेको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सहित आइतबार कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकरण गरेको छ ।लघुवित्तले साउन २७ देखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

637642154213502358 मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत , ओपनिङ्ग रेञ्ज कति ?

मानुषी लघुवित्त वित्तीय संस्था कम्पनी ऐन २०६३ तथा बैंक तथा वित्तीय संस्था ऐन २०७३ अन्तर्गत स्थापित संस्था हो।लघुवित्त २०७५ असार १० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो। यस्तै लघुवित्तले २०७५ असाेज २५ गतेदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको लागि अनुमति पाएर २०७५ मंसिर १ गतेदेखि कारोबार शुरु गरेको थियो।

हाल लघुवित्तले ८ जिल्लाहरुमा २६ शाखा कार्यालयहरु मार्फत आफ्नो कारोबार गर्दै आइरहेको छ।लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३ भैसेपाटीमा रहेको छ।

नेप्सेले प्रकासन गरेको सुचना यसप्रकार छ ।

3004fbcaf21e4b503ea94d39058cd88d page 0001 मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत , ओपनिङ्ग रेञ्ज कति ?

नेप्सेले प्रकासन गरेको सुचना

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस