×
Lagani
Lagani Shiksha gif
साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि निष्कासन तथा विक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ। विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार उक्त समयसम्म २ करोड ४६ लाख कित्ताका लागि आवेदन परेको हो । यो आवेदन सर्वसाधारणको लागि माग गरेभन्दा ३ दशमलव ८१ गुणा बढी हो ।

Lagani Shiksha gif
sharehubapk साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले आज निष्कासन बन्द हुने भएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Dev Chapagain
Guest
Dev Chapagain
September 26, 2021 9:23 am

Good .



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस