हाथवे इन्भेष्टमेण्टको स्वामित्वमा रहेको ३ ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।
कम्पनीले आफ्नो स्वामित्वमा रहेको मन्जुश्री फाइनान्स , सेन्चुरी कमर्सियल बैंक, र कामना सेवा विकास बैंकको संस्थापक लिलामीमा विक्री खुला गर्ने भएको हो ।
मन्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता , सेन्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो । सेन्चुरी कमर्सियल बैंकको शेयरको न्यूनतम मूल्य रू. १५०, मन्जुश्री फाइनान्सको रू. ३५० र कामना सेवा विकास बैंकको रू. २५० तोकिएको छ ।
उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले भदौ २७ गतेसम्म तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ २८ गते दिनको ३:३० बजे विक्री प्रबन्धकको कार्यालयमा खोल्ने कम्पनीले जानकारी गराएको छ ।
















