×
Lagani
Lagani Shiksha gif
तेह्रथुम पावरको आइपियोमा शुक्रवार सम्ममा करिब ३१ गुणा बढी आवेदन



तेह्रथुम पावर कम्पनी लिमिटेडको बुधबारदेखि निस्कासन भएको आईपीओमा शुक्रवार सम्ममा १७ लाखभन्दा बढीले आवेदन दिएका छन्।

विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार शुक्रवार साँझसम्ममा कम्पनीको आईपीओमा १७ लाख १८ हजार ६६३ जना आवेदकले २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरीदका लागि आवेदन दिएका हुन् । यसलाई आधारमान्दा  सर्वसाधारणको लागि निष्कासनमा ल्याएको ७ लाख ४४ हजार कित्ताको ३० दशमलव ६४ गुणा बढी आवेदन हो ।

Lagani Shiksha gif
sharehubapk तेह्रथुम पावरको आइपियोमा शुक्रवार सम्ममा करिब ३१ गुणा बढी आवेदन

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेको छ  ।कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ ।लगानीकर्ताले न्यूनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन   ।

कम्पनीले निष्कासन गरेको आईपीओमा इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ कम्पनीको दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. २८ करोड रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू. ४० करोड पुग्नेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस