×
Lagani
Lagani Shiksha gif
तीन हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै



नेपाल धितोपत्र बोर्डले विभिन्न तीन हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।

बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो।

Lagani Shiksha gif
sharehubapk तीन हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो। न्यादीको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।साहस उर्जा लिमिटेडले १ करोड ५ लाख आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी बुद्धभूमि नेपालले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन १४ गते बोर्डबाट अनुमति पाएको हो। उसको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

अनुमति पाएसँगै तीन वटै कम्पनीले पहिलो चरणमा स्थानीयका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस