मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलले आज विहान आईपीओ विक्री गरेको छ ।
लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको छ।
आवेदनभन्दा बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट गरिएको हो। जसअनुसार ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
असार २१ वित्तीय संस्थाले कुल ३ लाख ८९ हजार कित्ता सेयर जारी गरेकोमा कर्मचारीका लागि ०.५ अर्थात ६०५८ कित्ता तथा संस्थाका कर्मचारी र सामूहिक लगानीकोषका लागि ५ र ५ प्रतिशत सेयर छुट्याएको थियो ।
कर्मचारीका लागि छुट्याइएको ६०५८ कित्तामा ७९ कर्मचारीले आवेदन दिएका थिए भने १९४५० कित्ताका लागि १३ सामूहिक लगानीकोषको आवेदन परेको विक्री प्रवन्धकले जनाएको छ ।















