×
रुरुको आज ४ अर्ब बढी शेयर बिक्रीमा तर ४० लाख मात्र सुचिकृत



आज नेप्सेको टिएमएसमा रुरको करिब ४ अर्ब २९ करोड कित्ता शेयर बिक्रीमा देखिएको छ।

नेप्सेमा सुचिकृत भएपछी लगातार सकारात्मक लेभलमा कारोभार भएको रुरुको शेयर मूल्य आज पनि अधिकतम बढेको थियो। आज नेप्सेको सिस्टममा हेर्दा कम्पनीको ४ अर्ब २९ करोड कित्ता शेयर बिक्रीमा रहेको देखिछ। जबकि रु रु जलविद्युत परियोजना लिमिटेडकाे ) नेप्सेमा  वैशाख १९ गते, ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर सूचिकृत भएको हो।

Screenshot 2021 05 17 150709 रुरुको आज ४ अर्ब बढी शेयर बिक्रीमा तर ४० लाख मात्र सुचिकृत

रुरुको शेयर नेप्सेमा सुचिकृत हुदा पकासन भएको सुचानाको अंस

हाल कम्पनीको शेयरमा ४५ हजार ८ सय ५४ कित्ताको माग परेको छ भने बिक्रि  गर्न ४ अर्ब २९ करोड  ४९ लाख ६७ हजार २ सय ८६ कित्ताको अर्डर देखिएको छ।  यो नेप्सेको प्राबिधिक गडबडीको कारण हुन सक्छ।

Screenshot 2021 05 17 143410 रुरुको आज ४ अर्ब बढी शेयर बिक्रीमा तर ४० लाख मात्र सुचिकृत

आज नेप्सेको टिएमएसमा देखिएको बाइ सेल अर्डर

आज कम्पनीको शेयर ९६८ मा कारोबार भइरहेको छ।  आजमात्र कम्पनीको शेयर मूल्य १० प्रतिसत आर्थत ८८ अंकले बढेर साकारात्मक सर्किट हान्न सफल भएको हो।  भोलि पनि यस्तै भएमा कम्पनीको शेयर मूल्य १ हजार कट्ने देखिन्छ।  आज कम्पनीको ९ हजार ६ सय ४१ कित्ता शेयरको कारोबार भएको छ।

हिज ८८० मा कारोबार बन्द भएको थियो भने आज ९२४ मा कारोबार खुलेको थियो।  आज कम्तिमा कम्पनीको शेयर मूल्य ९२४ पुगेको हो।

Screenshot 2021 05 17 143452 रुरुको आज ४ अर्ब बढी शेयर बिक्रीमा तर ४० लाख मात्र सुचिकृत

रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस