काठमाडौं, २७ असोज । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यमा ओरालो लागेको छ । मंगलबार सुनको मूल्य तोलामा दुई हजार दुई सय र चाँदी ६० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा ६० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















